दाङ, ११ माघ । प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को एघारौं दिन आज नेपाल खो-खो महिला टिमकी टिम प्रशिक्षक उषा कवर लाई सम्मान गरिएको छ ।
प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को एघारौं दिन आज मुल आयोजक फ्रेन्ड्स स्केट जोन प्रा.लि घोराही १० नारायनपुरका संचालक तथा महोत्सवका संयोजक अजय बुढाथोकी , महोत्सवका सह-संयोजक धनराज रोका , मितेरी युवा क्लबकि कोषाध्यक्ष सरु डाँगी लगाएतको टिमले कवर लाई प्रमाणपत्र सहित स-समान गरिएको हो ।
भारतको नयाँ डिल्ली स्थितित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा जनवरी १३ देखी १९ सम्म भएको खो खो विश्वकप २०२५ मा सहभागी भै नेपाल टिमलाई उपविजेता जस्तो बनाउन सफल भएको भन्दै नेपाली महिला टिमकि टिम प्रशिक्षक उषा कवर (भण्डारि) लाई आज शुक्रवार प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को एघारौं दिनमा स-सम्मान गरिएको मुल आयोजक समिति संयोजक अजय बुढाथोकीले जानकारी दिएका हुन ।
यस्तै संयोजक बुढाथोकीले विश्वकपमा नै पहिलो पट्क सहभागी भै विश्व सामु नेपालको शिर उच्च राख्ने सम्पुर्ण खेलाडी हरुलाई बधाई दिदै सम्पुर्ण आयोजकको तर्फबाट आगामी दिनमा पनि खेल सफलताको शुभकामना व्यक्त गरेका थिए ।