दाङ, १८ माघ । नेकपा माओबादी केन्द्रले घोराही उपमहानगरपालिकाले गरेको कर बृद्धिको बिरोध गरेको छ । माओबादी केन्द्र घोराही नगर कमिटीले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी बिरोध जनाएको हो । उपमहानगरपालिकाको कर वृद्धि सम्बन्धी निर्णयले आम सर्वसाधारण थप मर्कामा पर्ने भन्दै निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । निर्णय फिर्ता नभए नगरपालिका बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिईएको छ । पत्रकार सम्मेलनमा बाल्दै माओबादी केन्द्र घोराही नगर कमिटी अध्यक्ष खिमबहादुर चौधरी अटलले कर वृद्धि गर्नु भन्दा करको दायरालाई फराकिलो गर्न गरी स्रोतको खोजी गर्नुे पर्ने बताएका हुन । त्यसअबसरमा जग्गाको मालपोत करमा सत प्रतिशत वृद्धि गर्नु, व्यवसायिक करमा २० प्रतिशत वृद्धि गरि आर्थिक मन्दीको मारमा परिरहेका व्यावसायीहरुलाई आतङ्कीत बनाई घोराही उपमहानगरपालिकाले ब्यापार लखेटुन खोजेको बताएका हुन ।
हाल व्यवस्थीत रुपमा चलिरहेको फोहोर व्यवस्थापन पनि निजी क्षेत्रलाई सुम्पेर त्यसबाट कमिसन प्रलोभनमा पर्नु गलत भएको उल्लेख गरेका थिए । पत्रकार सम्मेलन मार्फत पार्टीको धारणा सार्वजनिक गर्दै निर्णय यथासिघ्र फिर्ता लिन घोराही उपमहानगरपालिकालाई अनुरोध गर्दछौ अन्यथा निर्णयहरु फिर्तानलिए कड़ा संघर्षमा उत्रनिे चेतावनी दिएको छ । पत्रकार सम्मेलन नगर अध्यक्ष खिमबहादु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । पत्रकार सम्मेलनको सहजिकरण सचिव बसन्त चौधरीले गरेका थिए । त्यस अबसरमा नगर ईन्चार्ज तुलसी डाँगी मिलन लगायत नेता कार्यकर्ताको उपस्थिती थियो ।