दाङ, २३ माघ । नेकपा एमाले जिल्ला कमिटि दाङको वैठक पार्टि कार्यालय घोराहिमा सम्पन्न भएको छ । वैठकले फागुन ५ गते प्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपी शर्मा वलीको विशेष उपस्थितिमा हुने जनसभामा ५० हजार बढि जनसहभागीता गराउने संकल्प गरेको छ । वैठकले घोराहिमा हुने विशाल जनसभा ब्यबस्थित बनाउन जिल्ला अध्यक्ष शिव कुमार आचार्यको संयोजकत्वमा १७६ सदस्यिय मुल ब्यबस्थापन समिति गठन गरेको छ । त्यस्तै जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकिको संयोजकत्वमा जनपरिचालन उपसमिति , जिल्ला सचिव स्याम डाँगीको संयोजकत्वमा मञ्च ब्यबस्थापन उपसमिति , सचिवालय सदस्य सुदन केसीको संयोजकत्वमा स्वयमसेवक परिचालन उपसमिति ,
प्रचार विभाग प्रमुख संगित बस्यालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता एवम् केन्द्रिय पोलिट्ब्युरो सदस्य नरु जनसभामा दाङका १० वटै पालीका र १०० वटै वडा कमिटि , तथा अनेमसंघ , अखिल नेपाल किसान महासंघ, अनेरास्ववियु, राष्टिय अपांग महासंघ, लोकतान्त्रीक मगर संघ , लोकतान्त्रीक थारु संघ, नेपाल जातिय मुक्ति समाज , नेपाल राष्टिय ब्यबसायि महासंघ , नेपाल राष्टिय खेलकुद महासंघ , बुद्धिजिवि, परिसद् , भुमि तथा सुकुम्वासी महासंघ , पेशागत महासंघ ,प्रेस चौतारी , प्रगितिशिल ,मानव अधिकार एलायन्स ,नेपाल मुस्लिम ईतिहाद संगठन ,राष्टिय स्वास्थ्यकर्मि महासंघ ,नेपाल पिछडाबर्ग ,राष्टिय शिक्षक संगठन लगाएतका सम्पुर्ण जनवर्गिय संगठनहरु सवै आ- आफ्नो पेशागत झाँकी जुलुस र पोसाक सहित र्र्यालीमा सहभागीता जनाउन निर्देशन समेत दिएको छ । जिल्ला अध्यक्ष शिव कुमार आचार्यको अध्यक्षतामा बसेको वैठकले माघ २५ गते १० वटै पालिका कमिटिको वैठक बस्ने, २६ गते क्षेत्रीय निर्वाचन समन्वय कमिटिको वैठक बस्ने र २७ गते प्रदेश सभा समन्यव कमिटिको वैठक बसेर फागुन ५ गतेको जनसभालाई थप ब्यबस्थित र योजना बनाउने निर्णय समेत वैठकले गरेको छ । जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तब्य संगै सुरु भएको वैठकमा दाङका १० वटै पालिका कमिटिका अध्यक्षहरुले रिपोर्टिङ गरेका थिए ।
वैठकले भुमि समस्या समाधान आयोग दाङको अध्यक्षमा जिल्ला कमिटिका पुर्व अध्यक्ष हुकुम बस्नेत मन्त्री परिषद वैठकबाट मनोनित भएकोमा बधाई ज्ञापन गरेको छ । त्यस्तै २०७९ को निर्वाचनमा नेकपा एमालेका तर्फवाट निर्वाचित घोराहि उपमहानगरपालीका वडा नं. ८ का अध्यक्ष जितेन्द्र शाहलाई साधारण सदस्य समेत नरहने गरि कारवाहि गरिएको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख संगीत बसयालले जानकारि दिएका हुन ।
वैठकमा प्रमुख अतिथि पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीले प्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपीशर्मा वली दाङ आउने अबसरलाई उत्सवका रुपमा लिन आग्रह गरेका हुन । प्रधानमन्त्री दाङ आएर सम्वोधन गर्ने कुराले यहाँको विकास र समृद्धिका ठुलो टेवा पुग्छ, यो कुरालाई महत्व दिएर आफ्नो जिम्मेवारी पुरा गर्नुस् । उनले भने । दाङले विकासको लय पकडेको भन्दै घोराहि उपमानगरपालीकाका प्रमुख समेत रहनभएका नेता चौधरीले अनावस्यक राजनिति गरेर विकासको लयलाई अवरोध नगर्न सम्बन्धित राजनैतिक दलहरुलाई अनुरोध समेत गरे । वैठकमा जिल्ला अध्यक्ष शिव कुमार आचार्यले अहिले सम्म सम्पादन भएका कामहरु र आगामी योजनाहरु प्रस्तुत गरेका थिए । तत्काललाई फागुन ५ र त्यसपछि मिसन ८४ लाई ध्यानमा राखेर काममा केन्द्रित हुन निर्देशन दिए । वैठकमा केन्द्रिय सदस्यहरु जिवन गौतम, घनसयाम पाण्डे,भागवत विश्वाशी,कोमल वली, सिता सिग्देल, साजिदा सिदि्धकि , सहितका नेताहरुको उपस्थिति रहेको थियो। वैठकको सहजीकरण जिल्ला सचिव स्याम डागीले गरेका थिए ।