२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

प्रधानमन्त्री ओली आज दाङ आउँदै

दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउँदैछन् । सोमबार लुम्बिनी प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न तय भएको छ ।

बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिएका छन । बैठकलाई प्रधानमन्त्रीले विशेष सम्वोधन गर्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनका लागि निमन्त्रणा गरिएको थियो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको उनले बताए ।

यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन ५ नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए । प्रदेश सभाको बैठकलाई सम्वोधनपछि प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस