दाङ, ५ फागुन । पूर्वसञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले प्रधानमन्त्री दाङ पुगेर मतदाताको अपमान गरेको बताएकि छिन । नेकपा एमालेले दाङको घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरे भन्नु सिंङ्गो मतदाता प्रतिको अपमान गरेको बताएकि हुन । प्रधानमन्त्री ओलीले पोखरेले चुनाव जित्दा दाङको विकास गर्न धेरै सहज हुने थियो भन्ने कुरा गलत भएको टिप्पनी गरेकि हुन ।
आम मतदाताले कुन दल र कुन उमेदवारलाई भोट हाल्ने भन्ने कुरा मतदाताको अधिकार भएको प्रतिक्रिया दिदै शंकर पोखरेललाई दंगाली जनताले हराएर गल्ती गरे भन्नु सिंङगो दङ्गाली जनताप्रति नै अपमान गरेकोमा खेत प्रकट गरेकि हुन । २०७४ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रकै साहारामा चूनाव जितेको प्रधानमन्त्री ओलीले नभुल्न नहुने बताएकि हुन ।
प्रतिनिधीसभा दाङ क्षेत्र नं.२ बाट निर्वाचित पूर्वमन्त्री शर्माले शंकर पोखरेले माओवादी केन्द्रको सहयोग बिना चूनाव जित्न नसक्ने धारणा व्यक्त गरेकि हुन । एमाले पार्टीले बिकास गर्ने नाममा जनतालाई ढाटेर कमिशन पाउँने आशामा आफू निकटका मान्छेलाई घोराही,तुलसीपुर फोरलेन सडकको ठेक्का दिएको बताउँदै एमालेकै कारण फोरलेन बन्न नसकेको प्रतिक्रिया दिएकि हुन । स्वयम् आफू र नेपाली काग्रेसका लुम्बिनी प्रदेशका सांसद राजु खनाल,प्रचण्ड बिक्रम न्यौपाने ठेकेदारसंग अदालत नजाने सहमति गरेपछि मात्रै फोरलेन सडक निर्माणको काम थालिएको बताएकि हुन । प्रचण्ड नेत्रित्वको सरकारले घोराही,तुलसीपुर फोरलेन सडक निर्माणको प्रकृया थालिएको भन्दै त्यसको जस एमाले पार्टीले लिन खोजेको बताएकि हुन ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल पराजित भएका थिए । उनलाई माओवादीकी रेखा शर्माले हराउनु भएको थियो । कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेकी शर्मा पोखरेललाई १०३ मतले हराएकि हुन । शर्माले २६ हजार ८ सय ८ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८७ मत प्राप्त गरेकि थिईन । दाङ २ मा तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार विशाल अधिकारीले १५ हजार ८ सय ६१ मत ल्याएका थिए ।