२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

घोराही–तुलसीपुर सडक निर्माणको काम तत्काल सुरु हुन्छ : प्रधानमन्त्री ओली

दाङ, ५ फागुन । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वलीले दाङको घोराही–तुलसीपुर सडकखण्ड पुनः निर्माण कार्य तत्काल सुरु गरिने बताएका छन । नेकपा एमाले दाङले जिल्ला विकास समन्वय समितिको सहिद मञ्चमा आज सोमबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री वलीले यस्तो बताएका हुन । सो अवसरमा उनले तुलसीपुरको टरिगाउँ एयरपोर्ट निर्माणका लागी आगाम िबजेटमा समेटिने समेत बताएका हुन । यसैगरी दाङको घोराहीलाई देउखुरीको राजधानी जोड्नका लागी सुरुङमार्ग निर्माण गर्नेसमेत बताएका हुन । अर्को प्रशंगमा बोल्दै प्रधानमन्त्री वलीले प्रतिपक्ष दलका केही व्यक्तीहरुले सरकार ढल्छ भनेर अफबाह फैलाइरहेको भन्दै सरकार ढल्ने कुरामा कुनै संका नरहेको बताएका हुन । यो सरकार ८४ सम्म निरन्तर चल्ने उनको दाबी छ । देश र लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस र नेकपा एमालेसहित दलहरू मिलेर सरकार बनाएको समेत उनले बताएका हुन ।

ओलीले देशको विकासलाई स्थायित्व र लोकतन्त्रको रक्षाका लागि देशको मुख्य दुई शक्तिसहित साना दलहरू मिलेर सरकार बनाएको स्पष्ट पारे । ‘‘यो सरकार २०८४ सम्म रहन्छ । कसैले भन्दैमा ढल्दैन, हामी सँग स्पष्ट बहुमत छ, त्यसकारण सरकार ढल्दैन र २०८४ सम्म कांग्रेस एमालेको नेतृत्वमा सरकार निरन्तरता पाउने छ ।’’ उनले दुई दलहरूको उच्च समदारी अनुसार अहिले आफुले सरकारको नेतृत्व गरिरहेको बताएका हुन । ‘‘आफ्नो नेतृत्वमा सरकार बनेपछि देश समृद्धतर्फ गएको प्रधानमन्त्री ओलीले दाबी थियो । देशलाई बदल्ने शक्ती एमाले बाहेक कसैमा नभएको भन्दै दाङ को समग्र विकासको लागि आफु गम्भिर रहेको बताएका हुन । अहिलेको सरकार सुन्दर नेपाल, सुखी नेपाली बनाउनको लागि दृढता र संकल्पसहित लागि परेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस