
दाङ लमहीमा सञ्चालन हुन लागेको छैंठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तयारी तिब्र पारिए संगै महोत्सवमा आउने कलाकारहरुको ब्यानर पनि सार्वजनिक गरिएको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ महोत्सव यही माघ १२ गते देखी २५ गते सम्म अजम्बरी सामुदायिक वनको पिकनिक स्थलमा सुरु हुदै छ ।
महोत्सवमा राष्ट्रियस्तरका ५० भन्दा बढी चर्चित चर्चित कलाकारहरु र थुप्रै स्थानीय कलाकार आउने भएका छन्। स्थानिय उत्पादनको बजारीकरण, खस्कदो व्यापारको पुनरुत्थान र पर्यटन विकासकमा टेवा पर्युाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा करिब २ सय ५० को हाराहारीमा स्टलहरु रहने छन । जसअन्तर्गत १५-२० वटा कृषि प्रदर्शनी र कृषि उत्पादनसंग सम्बन्धित वस्तुहरुको बिक्री वितरण स्टल, २५-३० वटा स्थानीय व्यापारिक स्टल र बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टल रहने आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको सँस्कृती झल्किने साँस्कितिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।