२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

देउखुरी महोत्सवमा आउने कलाकारहरु को ब्यानर सार्वजनिक, प्रचार प्रसारको तिब्र

दाङ लमहीमा सञ्चालन हुन लागेको छैंठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तयारी तिब्र पारिए संगै महोत्सवमा आउने कलाकारहरुको ब्यानर पनि सार्वजनिक गरिएको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ महोत्सव यही माघ १२ गते देखी २५ गते सम्म अजम्बरी सामुदायिक वनको पिकनिक स्थलमा सुरु हुदै छ ।

महोत्सवमा राष्ट्रियस्तरका ५० भन्दा बढी चर्चित चर्चित कलाकारहरु र थुप्रै स्थानीय कलाकार आउने भएका छन्। स्थानिय उत्पादनको बजारीकरण, खस्कदो व्यापारको पुनरुत्थान र पर्यटन विकासकमा टेवा पर्युाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा करिब २ सय ५० को हाराहारीमा स्टलहरु रहने छन । जसअन्तर्गत १५-२० वटा कृषि प्रदर्शनी र कृषि उत्पादनसंग सम्बन्धित वस्तुहरुको बिक्री वितरण स्टल, २५-३० वटा स्थानीय व्यापारिक स्टल र बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टल रहने आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको सँस्कृती झल्किने साँस्कितिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस