२०८३ असोज २१ गते बुधवार | 2026 October 7th Wednesday

लक्ष्य एकेडेमीको स्कुल बसको ठक्करबाट तुलसीपुरमा दुई वर्षीय बालकको मृत्यु

दाङ, २१ असोज । दाङको तुलसीपुरमा स्कुल बसको ठक्कर बाट दुई वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका २ खलङ्गा घर भई हाल तुलसीपुर ५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका छोरा अन्दाजी दुई वर्षीय आयन नेपाली रहेका छन् ।

बुधबार बिहान तुलसीपुर ७ गैरापातु स्थित झोलुङ्गे पुल नजिकै लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमी तुलसीपुर ६ को स्कुल बसले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटना पछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस