२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

तुलसीपुरमा फिल्टरसहितको सार्वजनिक धारा निर्माण

तुलसीपुरको वसपार्क स्थित पिपलबोटमा फिल्टरसहितको सार्वजनिक धारा निर्माण गरिएको छ । तुलसीपुर-५ नयाँ बसपार्क नजिकै पिपलबोटमा तुलसीपुर नगर जेसिजले सार्वजनिक धारा निर्माण गरेको हो । बजारको सबैभन्दा बढी चहलपहल हुने ठाउँमा खानेपानीको सहजताका लागि तुलसीपुर नगर जेसिजले धारा निर्माण गरेको तुलसीपुर नगर जेसिज वर्ष २०२२ का अध्यक्ष केशबराज केसीले जानकारी दिएका छन ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको समन्वयमा माइडिएनको १ लाख १ हजार १ हजार ३१ र जेसिजका पदाधिकारीको आर्थिक सहयोगमा धारा निर्माण भएको हो । उक्त धाराको शुक्रबार वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह र तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारीले उद्घाटन गरेका हुन । तुलसीपुर नगर जेसिन वर्ष २०२२ उपाध्यक्ष शैलेन्द्र कुमार वलीको स्वागत मन्तव्यबाट उद्घाटन कार्यक्रम शुरू भएको थियो l

कार्यक्रममा नेपाल जेसिजका उपाध्यक्ष भिम बहादुर कवरले सार्वजनिक धाराले स्थानीयलाईसंगै बाहिरबाट आएका नागरिकलाई सहजता हुने बताएका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिज वर्ष २०२२ का महासचिव पुणर्विक्रम डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस