२०८३ असोज १८ गते आइतवार | 2026 October 4th Sunday

पदमपूर सामुदायिक वनको साधारण सभामा भुसालको कडा चेतावनी

दाङ, १८ असोज । पदमपूर सामुदायिक वन उपभोक्ता समूहको २८औँ वार्षिक साधारण सभामा वैज्ञानिक वन महासङ्घका सचिव परशुराम भुसालले वन क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रस्तुत भएका छन । बाबई गाउँपालिका क्षेत्रमा आयोजित साधारण सभालाई सम्बोधन गर्दै सचिव भुसालले सामुदायिक वनको संरक्षण, पारदर्शिता र सुशासनमा जोड दिँदै वन क्षेत्रमा हुने कुनै पनि किसिमका चलखेल तथा अनियमितता स्वीकार्य नहुने बताएका छन । उनले वन क्षेत्रभित्र भइरहेका गतिविधिबारे आफूहरू तथ्य र प्रमाणसहित बोल्न तयार रहेको स्पष्ट पारे ।

यथार्थमा भन्ने हो भने, हामिसंग लुकाउने केही छैन । वन क्षेत्र भित्र भईरहेका चलखेल र अनियमितताका विरुद्ध हामि प्रमाण सहित बोल्न सक्छौ पनि” भुसालले भने । सामुदायिक वन उपभोक्ताको साझा सम्पत्ति भएकाले यसलाई सीमित व्यक्तिको स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने उनको भनाइ थियो । वन संरक्षणसँगै उपभोक्ताको अधिकार, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।

भुसालले वन क्षेत्रको संरक्षण र व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित पक्ष जिम्मेवार बन्नुपर्ने बताउँदै आवश्यक परे आफूहरू तथ्य र प्रमाण सहित आवाज उठाउन पछि नहट्ने चेतावनी समेत दिएका छन ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस