२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङको नयाँ नेतृत्व चयन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङको अध्यक्षमा दिपक कुमार बुढाथोकी सर्वसम्मत चयन भएका छन । संगठनको शनिबार भएको तेस्रो जिल्ला अधिवेशनले बुढाथोकीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा कामी राम्जा (केशब), सचिव खिमबहादुर डाँगी, सहसचिवमा प्रकाश भण्डारी, कोषाध्यक्षमा दिपक कुमार खड्का र सदस्यहरुमा सुरेश नेपाली, उद्धव केसी, सालिकराम बिटालु, हुकुम शर्मा, भुपबहादुर केसी, घनश्याम शर्मा, कमल चन्द, लोकेन्द्र बहादुर बस्नेत चयन भएका हुन ।

संगठनका अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राईको प्रमुख आतिथ्यतामा अधिवेशनको उदघाटन कार्यक्रम भएको हो ।

जिल्ला उपाध्यक्ष केशब राम्जाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव यज्ञ बहादुर बुढाथोकीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस