चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले नयाँ कार्यसमिति चयन गरेको छ । संघको पाँचौ अधिवेशनले सन्तोष केसीको अध्यक्षतमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको छ । जसमा पुर्ण केसी र दिपक कुमाल बिच प्रतिस्पर्धा भएको हो । निर्वाचनबाट केसी निर्वाचित भएका छन । २५ जना मतदाता रहेकोमा उपाध्यक्ष पदका लागि १४ मत खसेको हो । निर्वाचित केसीले ८ मत प्राप्त गर्नुभएको छ भने कुमालले ६ मत प्राप्त गरेका थिए । संघको सचिवमा निरला अर्याल गैरे, सहसचिव तिर्थराज चौधरी, कोषाध्यक्ष भुपेश वली सर्वसम्मत चयन हुनु भएको छ । यस्तै सदस्यमा आशिष केसी, रमेश सुनार, झग्गु भण्डारी र एकराज भण्डारी रहेका छन ।
दाङ शाखाको अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा नायक रमित ढुंगानाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।