मंगलबार देखि शुक्रबारसम्म तुलसीपुर क्षेत्रमा दैनिक ५ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
विद्यतु प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालाका अनुसार शुक्रबारसम्म दैनिक बिहान ६ देखि ८ बजेसम्म र बेलुका ६ देखि ९ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।
ट्रान्सफर्मरमा देखिएको समस्या समाधानका लागि दैनिक ५ घण्टा विद्युत अवरुद्ध हुने भएको हो ।
प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार