प्रेम दिवस अर्थात प्रणय दिवसलाई गत वर्षको तुलनामा यस वर्ष गुलाबको आयात बढ्ने भएको छ । गत वर्ष ९० प्रतिशत भित्रिएको थियो । यस वर्ष ९३ प्रतिशत आयात गरिने एसोसिएसनले जनाएको छ । उपत्यकाभित्र १ लाख ६८ हजार र उपत्यका बाहिर १ लाख १२ हजार स्टिक गुलाब खपत हुने लामाले बताए । ‘यस वर्ष ७ प्रतिशत अर्थात् २० हजार स्टिक मात्रै आन्तरिक उत्पादनबाट खपत हुन्छ,’ उनले भने ।
यस वर्ष प्रतिस्टिक गुलाबको मूल्य ८० देखि १ सय २० रुपैयाँसम्म पर्ने एसोसिएसनले जनाएको छ । गत वर्ष २ लाख ७ हजार स्टिक आयात हुँदा प्रतिस्टिक ८० देखि १०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार