२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

खड्का स्मृति कप शुक्रबार सम्पन्न हुदै: फाइनल मा घोराही र लमही भिड्दै

दाङ, २६ माघ । खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि घोराही उपमहानगरपालिका र लमही नगरपालिका भिड्ने भएका छन् ।

आज भएको सेमिफाइनल खेलमा लमही नगरपालिकाले शान्तिनगर गाउँपालिकालाई र घोराही उपमहानगरपालिकाले राजपुर गाउँपालिकालाई हराउँदै उपाधि नजिक पुगेका हुन् ।

घोराही १५ सहिद मञ्चमा भईरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा लमहीले शान्तिनगरलाई ३–१ को सेटमा हराउँदा घोराहीले राजपुरलाई ३–० को सोझो सेटमा पराजित गरेको थियोे । लमहीले शान्तिनगरलाई २५–२३, १९–२५, २५–१९ र २५–१३ सेटमा जितेको हो । त्यसैगरी घोराहीले राजपुरलाई २५–१७, २५–२१ र २५–२१ को सोझो सेटमा जितेको हो ।

उपाधिका लागि खेल शुक्रबार दिउँसो २ बजे हुने आयोजक नेपाली कांग्रेस दाङले जनाएको छ । त्यसैगरी तेश्रो स्थानका लागि शान्तिनगर र राजपुर गाउँपालिकाविच फाइनलअघि खेल हुने छ । जिल्लाका दश वटै पालिकाको सहभागीता रहेको प्रतियोगितामा यो पटक नयाँ विजेता बन्ने भएको छ । गत संस्करणको उपाधि तुलसीपुर र उपविजेता राप्ती गाउँपालिका यस् बर्ष प्रतियोगिताबाट बाहिरीसकेको छ ।

यस्तै प्रतियोगिताको विजेताले नगद दुई लाख पच्चीस हजारसहित शील्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख १२ हजार पाँच सय, तेश्रो हुने टिमले ५६ हजार २ सय ५० र चौथो हुने टीमले २८ हजार १ सय ३२ रुपैयाँ पुरस्कार पाउने छन् । साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस