२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

महेन्द्र क्याम्पस दाङमा अखिल क्रान्तिकारीको संगठन विस्तार अध्यक्षमा विष्ट

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) दाङले महेन्द्र बहुमुखी क्याम्पस संगठन विस्तार अभियानलाई तीब्र बनाएको छ । क्रान्तिकारीले स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै क्याम्पसमा संगठन विस्तार अभियानलाई तीब्र बनाएको हो ।
संगठनले आज शुक्रबार महेन्द्र बहुमुखी क्याम्पसको बिएसी प्रथम वर्षमा कुलराज बिष्टको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा सृजना खरेल र ललित पुन , सचिबमा दिपक घर्ती मगर सह सचिबहरुमा पार्वती कुमाई, लोकेन्द्र डागि र रोसन खड्का र कोषाध्यक्षमा अस्मिता चौधरी रहेका छन ।

अखिल (क्रान्तिकारी) दाङका जिल्ला संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यता एबम जिल्ला कार्यालय सदस्य हिमाल महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका नेताहरु प्रसान्त पोख्रेल , हरिराम यादब, प्रकास शाहि लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण दिपक ओलिले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस