२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दाङ मा दीप प्रज्वलन

दाङ २९ माघ । नेपाल कम्युनिस्ट पाटी (बहुमत) दाङले २८ औं महान जनयुद्ध दिवसको पूर्व सन्ध्यामा आज दाङका विभिन्न सहरहरू घोराही,लमही र तुलसीपुरमा दीप प्रज्वलनकार्यक्रम सम्पन्न गरेको छ ।


तुलसीपुरको बि.पि चोकमा गरिएको दीप प्रज्वनल कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पाटी (बहुमत) दाङ जिल्ला कार्यालय सचीव अमर खड्काले महान जनयुद्ध दिवसको शुभकामना दिनुका साथै सम्पुर्ण नेपाली हरुलाई भव्यताकासाथ सात जनयुद्ध दिवस मनाउन आह्वान पनि गरेका थिए ।
हिजो आमूल परिवर्तनको लागि 200 वर्ष पुरानो राजतन्त्रलाई फाल्न आफ्नो अमुल्य जीवन बलिदान गर्नुहुने महान सहिद हरुलाई स्मरण गर्दै खड्काले महान सहिदहरुको रगत कुल्चिएर अहिले केहि व्यक्तिहरूले आफ्नो रजाइँ गरिरहेको र जनयुद्धका महान लिडर भनिने प्रचण्डले नै सरकारको नेतृत्व गरिरहेता पनि केवल उहाँहरुले आफ्नो स्वार्थ र सत्ता प्राप्तिको लागि मात्र जनयुद्धको नाम लिइरहेको बताएका हुन ।


एक फरक प्रश्न गर्दै खड्काले भन्नुभयो केवल केही माओवादी नेता भन्नेहरुले जनयुद्धलाई बिचैमा छाडेर केवल आफुहरुको स्वार्थको निम्ति दलाल संसदीय व्यवस्था भित्र पसेको र यो नेपाली जनतालाई स्वीकार्य नहुने बताएका थिए । यो व्यवस्था केवल हुनेखानेहरु , दलाल , भ्रष्टचारी , कमिशनखोरीको मात्र भएको र यो दलाल व्यवस्था फालेर नेपाली जनताहरु वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न लागिसकेको पनि उनले जिद्दी गरेका हुन।
उक्त प्रज्वलन कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सायक संगठन युवा जनस्वयमसेवक नेपाल दाङका अध्यक्ष अजय दुलालले गरेका थिए।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस