२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते

दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–५ बसपार्क निवासी ३३ वर्षका राजकुमार विक रहेको प्रहरीले बताएको छ ।

जसपुरबाट तुलसीपुर तर्फ जाँदै गरेको रा३प २५४० नम्बरको मोटरसाइकल तुलसीपुर – १२ स्थित पुकार पसल नजिकै दिउँसो सवा २ बजे अनियन्त्रीत भएर पल्टिदा उक्त दुर्घटना भएको हो ।

तिब्र गति र मापसे गरेका कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस