२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ

बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पक्राउ गरेको हो ।

थाइल्यान्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ। रेग्मीले सामाजिक सञ्जालमामार्फत् कलाकारलाई अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाएको आरोपमा साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उजुरीमाथि छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस