२०८३ साउन २६ गते मङ्गलवार | 2026 August 11th Tuesday

आईपीएल खेल्ने क्रिकेटर अभिषेक पोरेल बलात्कार आरोपमा पक्राउ

काठमाडौ, २६ साउन । आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्दै आएका भारतीय क्रिकेटर अभिषेक पोरेल बलात्कार, आपराधिक धम्की तथा कुटपिटको आरोपमा मंगलबार कोलकातामा पक्राउ परेका छन् ।

एक मेडिकल छात्राले दिएको उजुरीका आधारमा पोरेलविरुद्ध गत जुनमा मुद्दा दर्ता भएको थियो । ती महिलाले आफूहरू तीन वर्षदेखि सम्बन्धमा रहेको र विवाह गर्ने वाचा गरेर शारीरिक सम्बन्ध राखेको आरोप लगाएकी छन् ।

कलकत्ता उच्च अदालतले गत जुलाई २० मा पोरेललाई पक्राउ गर्न आदेश दिएको थियो । क्रिकेटर पोरेलले भने आफूमाथिका सबै आरोप झुटा रहेको भन्दै अस्वीकार गर्दै आएका छन् । २३ वर्षीय पोरेल विकेटकिपर ब्याटर हुन् र सन् २०२३ देखि आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्दै आएका छन् ।

प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस