२०८३ साउन २८ गते बिहिवार | 2026 August 13th Thursday

लागूऔषध दुर्व्यसन र साइबर अपराधविरुद्ध तुलसीपुरमा सचेतना कार्यक्रम सम्पन्न

दाङ, २८ साउन । तुलसीपुर उपमहानगरपालिका, नगर युवा परिषद् र नगरस्तरीय युवा सञ्जालको संयुक्त आयोजनामा लागू औषध दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुर र दिव्यकुञ्ज एकेडेमीको सहकार्यमा दिव्यकुञ्ज एकेडेमीमा कार्यक्रम गरिएको हो ।

नगर युवा परिषद्का उपाध्यक्ष प्रकाश रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका ६ का वडा अध्यक्ष दुर्जमान भण्डारी ‘वर्षात’ प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कोमल डीसी, विद्यालय सञ्चालक समितिका सदस्य गोरखबहादुर ओली र विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक असिम हमालले लागूऔषध दुर्व्यसनबाट हुने असर तथा साइबर अपराध बाट बच्ने उपाय बारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रम आयोजकले सचेतनामूलक कार्यक्रम सम्पन्न गर्न सहयोग तथा सहजीकरण गर्ने दिव्यकुञ्ज एकेडेमी परिवारप्रति आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस