२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

सन्दिप लामिछानेलाई सर्वाेच्चले विदेश जान अनुमति दिएन

क्रिकेटर सन्दीप लामिछाने विदेश जान नपाउने भएका छन् । सर्वोच्च अदालतले अर्को मुद्दालाई पनि साथमा राखेर आइतवार नै पेस गर्न आदेश दिएसँगै लामिछाने विदेश जान नपाउने भएका हुन् ।

लामिछानेले विश्व कप लिग–२ अन्तर्गतको शृङ्खलाका लागि खेल्न पाउँ भनेर गएको बिहीवार सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेले पेस गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले महान्यायाधीवक्ता र लामिछानेको निवेदन एकसाथ राखेर आउँदो आइतवार पेशी तोक्न आदेश दिएको छ ।


सोमवारदेखि सुरु हुने नेपालको आठौँ शृङ्खलामा यूएई र पपुवा न्युगिनीसँग दुई/दुई खेल हुँदैछ । त्यसका लागि नेपाली टोली भोली दुबई जाँदैछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस