२०८३ साउन २८ गते बिहिवार | 2026 August 13th Thursday

चैतभित्रै सुरक्षण मुद्रण सुरु गर्न मन्त्री रेखा शर्माको निर्देशन

सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छिन ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उहाँले अर्थमन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएकाले यो वर्षभित्रै काम सुरु गर्ने गरी चैत मसान्तसम्म अन्त:शुल्क छाप्न निर्देशन दिएकी छिन । एक चरणको परिणाम आयो भने बाकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले जानकारी दिएका छन । यसको प्रभावकारिताको आधारमा थप काम अघि बढाइने पनि उनले बताएकि छिन ।

यो केन्द्रबाट सुरुमा अन्त:शुल्क स्टिकर, दोस्रो चरणमा राहदानी, राष्ट्रिय परिचयपत्र हुँदै केही समय पछि बैंक नोट छाप्ने योजना रहेको छ । केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले केन्द्र कागजमा आधारित मुद्रण गर्न सकिने अवस्थामा पुगेको जानकारी दिएकि छिन । अब लगत्तै आवश्यक मुद्रण सामग्री ल्याउने र आवश्यक जनशक्तिलाई तालिम दिएर मुद्रण सुरु गर्ने मन्त्रालयको तयारी छ ।

प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत नेपालबाट वार्षिकरूपमा बाहिरिने रु १० अर्ब जोगिने सरकारको अपेक्षा छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस