प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मंगलबार भुटानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुरु हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो ।
त्यसैले नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले नै पर्याप्त हुनेछ । भुटानविरुद्ध जित वा बराबरीले नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटानसँग २-० को हारले पनि नेपाल फाइनल पुग्नेछ । भुटानका लागि भने फाइनलमा स्थान बनाउन जितको विकल्प छैन । उता लाओसको नजर पनि नेपाल र भुटानबीचको खेलमा हुनेछ । नेपालले भुटानलाई पराजित गरे बराबरी खेलेमा नेपालसँगै लाओस फाइनल पुग्नेछ । फाइनल खेल आउने बिहीबार हुनेछ ।
प्रकाशित मिति : २०७९ चैत्र १४ गते मङ्गलवार