२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

दुवै मृगौला पीडितको कोठामै पुगि सहयोग गरिन गायिका टीका सानू

लोक तथा दोहोरी गायिका टीका सानुले दुवै मृगौला फेल भएका एक युवक लाई उनि बस्ने कोठा मै पुगि सहयोग गरेकी छिन ।

अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्ष एच. आर. मगर, सचीव भिम वलि, स्वतन्त्र युवा क्लब तुलसीपुर का अध्यक्ष सन्दीप गौतम र दाङ माउन्ट फुजी का संचालक डिल्लिराज डाङ्गि संगै गायिका सानुले दाङ लमही ६ कुलमहरका २४ वर्षका बल सिंह बुढा मगर लाई उनी बस्ने ठाउँ मै पुगि सहयोग हस्तान्तरण गरेकी हुन । विगत लामो समय देखि दुवै मृगौला फेल भएका बल सिंह बुढा मगर संगै उनको श्रीमति र ३ छोरिहरु लाई एक एक जोर नयाँ कपडा र केही दिन सम्म को लागि खाद्यान्न सामाग्री नुन, तेल, चामल, गरि करिब २० हजार बराबरको खाद्यान्न र कपडा सहयोग गरेकी हुन ।

नेपाली गित संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका सानू पछिल्लो समयमा सामाजिक कार्यमा पनि निकै अग्रसर देखिन्छिन । हाल दाङमा आएको अबसरमा बल सिंह बुढा मगर संगै उहाँको परिवारलाई आफुले सकेको सहयोग गर्न पाउँदा आफू निकै खुशी भएको गायिका सानू बताएकि छिन । गायिका टीका सानु बल सिंह बुढा मगरको अबस्था देखेर आफू निकै भाबुक भएको र बल सिंह को उपचार गर्नको लागि उनिहरुको आर्थिक अवस्था समेत निकै कम्जोर भएकाले सम्पुर्ण सहयोगी मन हरु लाई आफुले सकेको सहयोग गर्न समेत आग्रह गरेकी छिन ।

प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस