२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

नेकपाले देशभर एकै साथ श्रम उत्सवको उद्द्घाटन गर्दै,महासचिव विप्लवले कपिलवस्तुमा गर्ने

नेपाल कम्युनिस्ट पार्टीले (भोलि) असार १५ गते देशभर एकैसाथ श्रम उत्सवको उद्द्घाटन गर्दै छ। नेकपाले केन्द्रिय उत्पादन अन्तर्गत कपिलवस्तु ,चितवन,वर्दियाको राजापुरमा विशेष कार्यक्रमको आयोजना गरि देशभर एकैसाथ श्रम उत्सवको उद्द्घाटन गर्न लागेको हो।

नेकपाले आफ्नो केन्द्रिय कार्यलय कपिलवस्तुमा भने महासचिव विप्लव सी लगायतका नेता कार्यकर्ता ,इन्द्रेणी कलाकार परिवार ,सामना कलाकार परिवारको सहभागितामा अन्तर्राष्ट्रिय गित गाएर श्रम उत्सवको भव्य उद्दघाटन गर्ने भएकोछ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले श्रम उत्सवको बिहान साढे ६ बजे औपचारिक रुपमा उद्दघाटन गर्ने कार्यक्रम रहेको नेकपाको केन्द्रीय कार्यलयले जनाएको छ।

उद्द्घाटन कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्ड सी,स्थायी समिति सदस्य शिलु सी,सुशील सी, पोलिट व्युरो सदस्य धुर्व सी लगाएतका केन्द्रिय नेता कार्यकर्ता हरुको सहभागीता हुने पनि बताइएको छ।

महासचिव विप्लव सि ,स्थायी समिती सदस्य शिलु सी र सुशील सी कपिलवस्तु पुगिसकेका र अन्य नेताहरु पुग्ने क्रम पनि जारी रहेको छ।

महासचिव विप्लव सहितका नेताहरूको प्रत्यक्ष सहभागीतामा बिहीबार (आज)मात्रै२० किलो बेर्ना राखिएको धानको बीउ निकालि सकेको र नेकपाले श्रम उत्सवको उद्दघाटनको दिनमा कपिलवस्तुमा अढाइ बिघा जग्गामा धान रोप्ने पनि बताइएको हो।

कपिलवस्तुमा हुने श्रम उत्सवको उद्द्घाटनमा कृषि कंडेल लगायत इन्द्रेणी कलाकारको टिम र सामना परिवारले बेजोड साङ्गेतिक प्रस्तुति पनि रहने बताइएको छ।

यस्तै भोलि नै नेकपाले बर्दियाको राजापुरमा स्थायी समिति सदस्य भरत सी र चितवनमा स्थायी समिति सदस्य अनिल सीको नेतृत्वमा श्रम उत्सवको उद्द्घाटन गर्ने पनि बताइएको छ ।

नेकपाले पार्टीलाई आत्मनिर्भर बनाउन देशभर करिव ८० बिघा जमीनमा धान रोप्ने लक्ष्य लिएको नेकपाका केन्द्रिय कार्यलय सचिव बिजय सीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस