भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन् । ३ असारको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठुलो भौतिक क्षति बनाएको थियो ।
मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झुलुङगे पुल पनि बगाएको थियो ।
केही स्थानको सडक पनि अवरुद्ध बनेको थियो । हेवा खोला पुल बगाएको २ दिनभित्र बेलिब्रिज निर्माणको काम थालिएको थियो । हेवा खोलामा डाइभर्सन बनाएर मेची राजमार्ग सुचारु पनि भएको थियो । तर फेरी बाढी आउँदा डाइभर्सन बगाएको छ ।
हेवा खोलामा बेलिब्रिजको काम तीव्र रूपमा भइरहेको छ । निर्माणाधीन बेलिब्रिज र भौतिक क्षति भएका क्षेत्रको दुई दिने स्थलगत भ्रमणका लागि पूर्वी नेपाल प्रस्थान गरेका छन् । मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरि पोखरेललगायत प्राविधिकको टोली पनि भ्रमणमा रहेको छ ।