नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा गर्ने भनिएको पूजा स्थगित भएको छ । उहाँ पत्नी राधिकासहित सोमबार बिहान पशुपतिमा क्षमा पूजा गर्ने तयारी थियो ।
आज बिहान भने पशुपति जाने कार्यक्रम स्थगित भएको हो । तर पूजा गर्न जाने कार्यक्रम स्थगित गर्नुको कारण खुलेको छैन । पशुपतिमा जलहरी प्रकरणमा विवाद भएपछि ताम्रपत्र र गर्भगृहमा लेखिएको नाम हटाइएपछि ओलीले क्षमा पूजा गर्ने तयारी गरेका थिए ।
ओली प्रधानमन्त्री रहँदा पशुपतिनाथमा सुनको जलहरी लगाइएकोमा त्यसमा विवाद भएपछि दुई साता अघि जलहरी निकालेर नापतौल गरिएको थियो । त्यस क्रममा पशुपतिनाथमा पूजामा बाधा आएको थियो ।
प्रकाशित मिति : २०८० असार २५ गते सोमवार