२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली भ्रमणका लागि जाँदैछन् । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल आज इटालि जान लागेका हुन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत सहभागी हुनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रसंघको कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री दाहालले इटालीमा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्नेछन् । प्रधानमन्त्री दाहाल साउन १२ गते स्वदेश फर्कने छन ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस