२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

पशुपति शर्मा र सुनिता मगरको स्वरमा तिलक वलिको “पुतली भुरु भुरु” सार्वजनिक

लोक दोहोरी गायक तथा सर्जक तिलक वलिको नयाँ गीत ‘पुतली भुरु भुरु’ सार्वजनिक गरिएको छ । हिन्दु नेपाली महिला दिदिबहिनी हरुको महान पर्व तिजको अवसरमा वलिले विगतका वर्ष झै यस वर्ष पनि तिज गित “पुतली भुरु भुरु” बजारमा लिएका हुन ।

गायक तथा सर्जक तिलक वलिको शब्द / संगीत रहेको गीतमा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका सुनिता मगरको स्वर रहेको छ । उक्त गितको संगित संयोजन भने बिनोद बजुरालीले गरेका हुन ।

निशान्त बानियाँले निर्देशन गरेको म्युजिक भिडियाेमा मोडल चिरञ्जीवी डाङ्गी र रेनुका खड्का को अभिनय रहेको छ । प्रकाश खड्काले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन सुजन कोईरालाले गरेका छन् ।

उक्त म्युजिक भिडियाेमा गायक तथा सर्जक तिलक वलिको आफ्नै अफिसियल YouTube च्यानल Tilak Oli Offical मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस