२०८३ साउन २२ गते शुक्रवार | 2026 August 7th Friday

सुन तस्करी प्रकरण, थप एक जना पक्राउ

एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने नरेश भनेर चिनिने सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ ।

विभागले आज बुधवार तामाङलाई पक्राउ गरेकाे हाे । विभागले अहिले उनकाे सम्पर्कबारे अनुसन्धान गरिरहेको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेकाे सङ्ख्या १७ जना पुगेको छ ।

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर यही साउन २ गते एक क्विन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको थियो ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस