२०८१ कार्तिक १८ गते आइतवार | 2024 November 3rd Sunday

अर्थमन्त्री प्रकाशशरण महतले गरे विमानस्थलको निरीक्षण

अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । महत आज बिहान निरीक्षणका लागि विमानस्थल पुगेका हुन् । विमानस्थल पुगेका महतले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेका छन् ।

केही दिनअघि राजस्व अनुसन्धान विभागले विमानस्थलको भन्सारबाट पास भएको सुन बरामद भएको थियो । उक्त सुन तस्करको अनुसन्धान जारी भइरहेको बेला महतले विमानस्थलको निरीक्षण गरेका हुन् । यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले पनि निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस