काठमाडौँ, २६ साउन । काठमाडौँ जिल्ला अदालतले सांसद सुनिलकुमार शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । आज म्याद थप गर्न अदालतमा पेश गरिएकामा जिल्ला न्यायाधीश दन्डपाणी शर्माको आदेशले थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेको हो । अन्य पक्राउ परेकाको हकमा भने म्याद थप भएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) का प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।
नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले उनीहरूलाई हिजो बिहीबार पक्राउ गरेको थियो । अन्य पाँच जना चिकित्सकलाई म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको छ । दुई जनालाई पाँच र तीन जनालाई सात दिनको म्याद थप भएको पनि सिआइबीले जनाएको छ ।
प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार