२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

सिम्रन परियारको स्वरमा ‘मुटुमै घाउ छ…’ सार्वजनिक

दाङ, २७ साउन । सामाजिक सञ्जालमा निकै भाइरल भएकी बागलुङकी सिम्रन परियारको दोस्रो गीत सार्वजनिक गरिएको छ । शनिवार बेलुका उनको स्वरमा ‘मुटुमै घाउ छ…’बोलको गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा डा. विष्णुमूर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको संगीत, विशाल निरौलाको संगीत संयोजन रहेको छ । श्रीधर अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोमा सिम्रन स्वयंम प्रस्तुत भएकी छिन् ।

दीपक गिरीको छायांकन रहेको भिडियोमा दीपक विष्टको सम्पादन रहेको छ । भिडियो गीतका प्रस्तुतकर्ता श्रीधरकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस