२०८२ साउन २ गते बुधवार | 2025 July 16th Wednesday

सरकारले पाकिस्तानमा जस्तो प्रतिशोधको राजनीति सुरु गरेको छ :- अध्यक्ष वलि

काठमाडौं, २७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको बताएका छन । आज शनिबार गुरु लुइँटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उहाले सरकारको विरोधमा बोल्नेहरुलाई अनेक बहानामा दुख दिएको बताएका हुन । सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै आधारमा सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको मुद्दामा पक्राउ गरेको उहाको भनाई छ । एउटा मान्छे गिरफ्तार हुनु सामान्य देखिए पनि सरकारले पाकिस्तानमा जस्तो प्रतिशोधको राजीति सरु गरेको ओलीको भनाई छ ।

सुनिल शर्मा दोषी थिए भने पहिले पनि पक्राउ गर्न सक्ने भन्दै ओलीले संसदमा सुनकाण्डको विरोधमा बोलेपछि पक्राउ गरेर सरकारले प्रतिशोध लिन खोजेको बताएका छन । आफूहरुले सुन तस्करी प्रकरणको सत्य तथ्य छानबिनका लागि निष्पक्ष समिति बनाउन माग गर्दा सरकारले नमान्नु रहस्यपूर्ण भएको ओलीले बताएका हुन । सरकारले निष्पक्ष छानबिन गर्न नदिएको मात्र नभई अहिले त सुन तस्करीविरुद्ध संसदमा आवाज पनि उठाउन नदिएको उनले बताएका छन ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस