
काठमाण्डौ, २९ साउन । नेकपा एमालेका सांसदले आज सोमवार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुनको बारेमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गरेर यही साउनको ९ गतेदेखि एमालेका सांसदले संसद् चल्न दिएका छैनन् । आज पनि एमालेका सांसदले नाराबाजी गरेर बैठक चल्न नदिएको बताइएको छ ।
बैठक शुरु हुनेबित्तिकै बोल्दै कांग्रेसका सांसद सुनील शर्माले राज्यले आफूलाई आतङ्ककारी शैलीमा पक्राउ गरेको भनेर विरोध जनाएका थिए । उनको यो भनाइबारे माओवादीका सांसदले आपत्ति जनाएका छन् । एमालेका सांसदले नाराबाजी नरोकेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक आउँदो भदौ ३ गते आइतवारसम्मका लागि स्थगित भएको जानकारी दिएका छन ।
प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार