२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

सामान्य प्रशासन मन्त्री शाहद्वारा शपथ ग्रहण

काठमाण्डौं,२९ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी शाहलाई पद तथा गोपनीयताको शपथ गराएका छन। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री शाहले शपथ ग्रहण गरेकि हुन ।

नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुन । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस