२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

अनुसन्धानको क्रममा गलत भेटिए मलाई पनि पक्राउ गरे हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा गलत गरेको भेटिए आफैंलाई पनि पक्राउ गर्न प्रहरीलाई आग्रह गरेको बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले अनुसन्धानको क्रममा गलत गरेको भेटिए आफैंलाई पनि पक्राउ गर्न आग्रह गरेका हुन् ।

‘अनुसन्धान गर्दै जाँदा प्रचण्डलाई अनुसन्धानको बाटोमा गलत भेटिन्छ भने पक्राउ गर्दा हुन्छ’,प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले भने । सहयात्रीका अनुसार प्रचण्डले अवैध रुपमा सुन भित्रिएको प्रकरणमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पाइए कारबाही गर्न भनेको बताए ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस