दाङ, ३० साउन । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन । दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन ।
सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार रहेकाे धारणा राखेका हुन । माओबादी केन्द्रका उपाध्यक्ष समेत रहेका महराले अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । जुनबेला बाेलाएपनि जान तयारीमा छु भनेका छन । सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको छु उनले भने । त्यसबाहेक उनलाई आफूले नचिनेको उनको भनाइ छ । तर, महराले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गरेका छन ।
उनले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी समेत गरेका छन ।