२०८२ साउन २ गते बुधवार | 2025 July 16th Wednesday

यूवाहरू माओवादीमा प्रवेस

दाङ, ३१ साउन । देउखुरीमा एक कार्यक्रममा अन्य पार्टी परित्याक गरी यूवाहरू नेकपा माओवादीमा प्रवेस गरेका छन । नेकपा माओेवादीकाे लुम्बिनी प्रदेशकाे बैठकमा नव प्रवेसीलाई स्थायी समिति सदस्य जयपुरी घर्ति र सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले पार्टी प्रवेस गराउनु भएकाे प्रवेस गर्नेहरुमा लमही नगरपालिका वडा नम्बर ५ निवासी बिमल धिमिरे, लमही नगरपालिका वडा नम्बर ६ का कॉशिराम पौडेल र लमही नगरपालिका वडा नम्बर ४ का राजकुमार चौधरी पार्टी प्रवेस गरेका हुन ।

नयाँ प्रवेसी घिमिरे र चाैधरी नेपाली काङ्ग्रेसमा आवद्ध थिए । माओवादी केन्द्र नेतृत्वकाे सरकारले चलाएकाे भष्टाचार विराेधी अभीयान र सरकारकाे शुसासन जनसेवाकाे काम र माओवादीकाे नितिबाट प्रभावित भएर पार्टी प्रवेस गरेकाे बताएका छन ।

पार्टी प्रवेस गराउदै स्थायी समिति सदस्य घर्तीले यूवाहरुकाे राेजाइमा माओेवादी पार्टी परेकाे भन्दै सबै उमेर समुहका नेपाली नागरिकले सरकारकाे सकरात्मक काममा सहयाेग गर्न र जन भावना विपरित काम गरे दवाव दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस