२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

सुन प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौ, ३१ साउन । त्रिभुवन विमानस्थलबाट अबैध रुपमो सुन भित्र्याउने काममा संलग्न रहेको अभियोगमा थप चार जना चीनिया पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौँका विभिन्न स्थानबाट गएराती उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले जानकारी दिएका छन ।

पक्राउ पर्नेहरुमा तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई रहेका छन् । उनीहरुलाई राजश्व छलि तथा संगठित अपराधको कसूरमा अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको कठायतले बताएका छन ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस