
काठमाडौँ, ५ भदौ । सत्तारुढ दल कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको छ । मंगलबार कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले पत्रकार सम्मेलन गर्दै अर्को निर्णय नभएसम्मका उक्त कार्यक्रम स्थगित गरिएको बताएका हुन् ।
साउनमा बसेको केन्द्रीय समिति बैठकले कांग्रेसले भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
प्रचार विभाग प्रमुख विश्वकर्माले अविरल वर्षा, बाढीपहिरो, डेंगी र आँखा पाक्ने रोगले समुदाय नै प्रभावित भएकाले उक्त कार्यक्रम तत्काललाई रोकिएको जानकारी दिए ।
प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार