२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

एमाले सांसद् टोपबहादुर रायमाझी निलम्बित

काठमाडौं, ६ भदौ । नेकपा एमालेका सांसद् टोपबहादुर रायमाझी निलम्बित भएका छन् । शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका रायमाझीको सांसद पद निलम्बन भएको सूचना सभामुख देवराज घिमिरेले सुनाएका छन् । यसैगरि सभामुख घिमिरेले संसदमा उपस्थित नभएका सांसदहरुको विदा पनि स्वीकृत गराएका छन् ।

लगातार १० वा सोभन्दा कम बैठकमा अनुपस्थित १७ जना सांसदहरुको हाजिरी नभएको विवरण सुनाउँदै उनले विदा स्वीकृत गराएका हुन्। नेपाली कांग्रेसका सांसद विनोद चौधरी निजी कामको लागि विदेश भ्रमणमा गएको, राप्रपाका ज्ञानेन्द्र शाही अष्ट्रेलिया भ्रमण, चन्द भण्डारीले भारत र वर्षमान पुनले चीनमा उपचार गर्न गएको उल्लेख गरे। किशोरसिंह राठौर, जीवन परियार, विष्णुकुमार कार्की, दुर्लभ थापा क्षेत्री, मनोरमा शेरचन, बिनाकुमारी थनै, आशा विक, धवलसम्शेर जबरा लगातार १० वटा बैठकमा उपस्थित भएका थिएनन् ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस