दाङ, ७ भदौ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले एमसिसी कार्यान्वयनका विरुद्ध तुलसीपुरको बिरेन्द्र चोकमा एमसिसी सम्झौताको पुत्ला दहन गरेको छ ।
बिहिवार नेकपाका नेताकार्यकर्ताले तुलसीपुरको बिरेन्द्र चोकमा एमसिसी सम्झौता जलाएका हुन् ।
एमसिसी सम्झौताको पुत्ला दहनपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य बिकास सि ले अहिले चलिरहेको एमसिसी विरुद्ध आन्दोलनमा कयौं ठाउमा अमेरिकी साम्राज्यवादका दलालहरुले दमन गरेका छन् । हातपातको प्रयास गरेका छन् । हामी त्यो सबै नोट गरेर राखेका छौँ । राष्ट्रिय स्वाधीनताको आन्दोलनमा दमन गर्ने फटाहाहरुको हिसाबकिताब हुने बताएका छन् ’
नेता बिकासले नेपाली जनताको आन्दोलनलाई मत्थर बनाएर एमसिसी कार्यान्वयन गर्न खोजेपनी सम्झौता कार्यान्वयन हुन नेपाली जनताले कुनैपनी हालतमा नदिने बताएका हुन् ।
राष्ट्रघाती एमसिसी विरुद्ध नेपालीहरु एकजुट हुन आवश्यक छ , उनले थपे ‘साम्राज्यवादको नजर अहिले दक्षिण एसियामा परेको छ । कुनै हालतमा अमेरिकाको षड्यन्त्रलाई सफल हुन दिनु हुँदैन ।’
उनले एक फरक प्र.न राख्दै अहिले नेताहरूलाई आफ्नो पाटीको चिन्ता भैरहेको बताउदै पहिल सबै मिलेर राष्ट्र बचाउन आग्रह गरेका छन् उनले भन्ने माओवादी कांग्रेस पछि बनौला भन्दै नेता विकाशले थप भने, ‘यो देश रहेपछी मात्रै कांग्रेस , माओवादी , नेकपा रहने हो । एमसिसीलाई नेकपाको मामला मात्रै बनाएर हेर्नुहुदैन यो तीन करोड स्वाभिमानी नेपाली जनताको मामिला हो । यो राष्ट्रियताको मामिला हो । यो कसैको गुलाम नहुने मामिला रहेको बताएका हुन् ।’
उक्त कोणसभाको सहजीकरण अखिल (क्रान्तिकारी) पश्चिम दाङका संयोजक नवीन सीले गरेका थिए ।