२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

विदेशी राष्ट्रियगान बजाएपछि मुख्यमन्त्रीले गरे किवानिसको कार्यक्रम बहिष्कार

भैरहवा, ९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली भूमिमा विदेशी राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै रूपन्देहीमा आयोजित एक कार्यक्रम बहिष्कार गरेका छन् । किवानिस नेपालको कार्यक्रम मुख्यमन्त्रीले बहिष्कार गरेको उनको सचिवालयले जनाएको छ ।

भैरहवाको एक होटलमा शुक्रबार साँझ भएको किवानिस नेपालको पाँचौ डिस्ट्रिक्ट महाधिवेशनको उद्घाटन समारोहमा मुख्यमन्त्री चौधरीलाई बोलाइएको थियो । तर, कार्यक्रम सुरुवात गर्दा विदेशी राष्ट्रियगान सुरुमा बजाइएपछि मुख्यमन्त्री आक्रोशित बनेका थिए प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागी कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिष्कार गर्नु भएको हो सचिवालयका एक सदस्यले भने ।

महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियताप्रति प्रहार भएको भन्दै कार्यक्रम बहिष्कार गरेर निस्किएको मुख्यमन्त्री चौधरीले जनाए । कार्यक्रममा सहभागी एक अतिथिका अनुसार नेपाली राष्ट्रियगान भन्दा विदेशीलाई प्राथमिकता दिइएको थियो । यसमा मुख्यमन्त्री आपत्ति थियो । त्यसैले उनले कार्यक्रम बहिष्कार गरेर हिँडेका हुन् ।

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस