दाङ, १६ भदाैं । नेकपा (माओवादी केन्द्र) ले दाङ जिल्ला उद्योग वाणिज्य संघकाे अध्यक्षमा पूर्व उपाध्यक्ष ओविन्द्र बहादुर महरालाई अध्यक्षमा उम्मेदवार उठाउने भएकाे छ । नेपाल उद्याेग व्यापार संगठनकाे आज घाेराहीमा बसेकाे बैठकले हाेटल माला इनका सञ्चालक समेत रहेका महरालाई सर्वसम्मत अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे ।
संगठनका जिल्ला संयाेजक नारादमणि पाेख्रेलकाे अध्यक्षता बसेकाे बैठकले महरालाई दाङ उवासंघकाे अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेकाे हाे । बैठकमा माओवादी केन्द्र दाङका जिल्ला सचिव विश्वराज आचार्य, व्यापार संगठनका निवर्तमान केन्द्रीय सदस्य नरबहादुर अधिकारी लगायतका नेताहरूकाे सहभागीता रहेकाे थियाे ।
उवासंघमा सर्वसम्मत वातावरण तयार गर्न तारा अधिकारीकाे संयुक्तमा नारदमणि पाेख्रेल र खलु पुन सदस्य रहेकाे वार्ता समिति गठन गरिएकाे छ ।
प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार