२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्छ: मन्त्री शर्मा

दाङ, १६ भदौ । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौं सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन संभव भएको बताएकि छिन ।
नेकपा माओवादी केन्द्रले आजदेखि सुरु गरेको तीन महिने बिशेष रुपान्तरण अभियान उद्घाटनका अवसरमा दाङको घोराही १७ बर्गदीस्थित सहिदस्मृति पार्कमा आयोजित कार्यक्रममा उहाँले अब सहिद सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताएकि हुन ।
सहिदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै उनले अब सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्ने बताएकि हुन ।
इतिहासमा पहिलोपटक सरकार जनतासित जोडिएको उल्लेख गर्दै उनले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढिरहेको बताएकि हुन । वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकता राखिएको मन्त्री शर्माले बताएकि हुन ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री शर्माले पार्टी जनतामा फकने अभियान सुरु भएको बताएकि हुन । शान्ति प्रक्रियापछि पार्टी पटक पटक सरकारमा गए पनि जनताले चाहेजस्तो परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उनले अहिलेको सरकार गठन भएपछि जनताको पक्षमा काम हुन थालेकाले त्यसलाई जनताको बिचमा लैजान र जनताको गुनासो सरकारसमक्ष पुर्याउन यो अभियान सुरु गरिएको बताएकि हुन ।
सबै नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आग्रह गर्दै उनले राजनीतिलाई सेवाको रुपमा लिनुपर्ने बताएकि हुन । राजनीतिलाई व्यक्तिगत लाभमा प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उनले अनियमितता र भ्रस्टाचार गर्नेहरू आफ्नै भए पनि नछाड्ने सरकारको प्रतिबद्धता रहेको बताएकि हुन ।
यो ठाउँमा २०५८ मङ्सिर १३ गते धान दाइरहेका किसानमाथि तत्कालीन सेनाले गोली चलाउदा ११ जनाको ज्यान गएको थियो । सहिदको शालिकमा माल्यार्पण गरी मन्त्री शर्माले अभियान उद्घाटन गरेकि हुन ।

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस