२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

सबै खाेलामा पुल माग्नु भएकाे थियाे, मैले बजेट हाल्दिए : मन्त्री मास्कि

दाङ, १६ भदाै । लुम्बिनी प्रदेशका अर्थ मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले पश्चिम दाङलाई समृद्ध दाङ बनाउने बताए ।

अहिले अल्प बिकसित भएर सबैले दाङकाे कर्णाली भन्ने गरेकाे भन्दै अब पशि्चम दाङलाई समृद्ध दाङ नामले चिनिने बनाउने बताए । जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत शान्तिनगर गाउँपालिका वडा नं. ३ मा भएकाे कार्यक्रममा सहभागी जनाउँदै मन्त्री मास्कीले यस्ताे बताए ।
आफू चुनाबकाे बेला घर घर जाँदा जनताले पश्चिम दाङ पुग्ने सबै खाेलामा पुल माग गरेकाले यस पटक सबै खाेलामा पुल हालिदिएकाे समेत बताए ।
साथै गंगटे पुग्ने सडकदेखि गाउँ-गाउँमा बिकासका लागि बजेट आएकाे उनकाे भनाई थियाे ।

उनले पश्चिम दाङकाे माथिल्लाे सडक स्तराेन्नतीका लागि ४३ कराेड बजेट आएकाे भन्दै तत्काल सडक स्तरबृद्विकाे काम अघि बढ्ने बताए । पश्चिम दाङमा इतिहासमै पहिलाे पटक धेरै बजेट आएकाे समेत बताए । माओवादीले काम गर्ने तर, प्रचार नगर्ने भएकाले पनि पछि परेकाे बताए ।माओवादीले बिकासका काम गर्छ´, उनले भने तर, अर्कैले प्रचार गरिदिन्छ ।´ माओवादीकै कारण मुलुक समृद्धिकाे मार्गमा अघि बढेकाे कुरा जनतालाई बुझाउन याे अभियानले थालिएकाे उनकाे भनाई छ । अहिले भ्रष्टाचार बिरूद्व माओवादीले अभियान थालेकाे भन्दै त्यसलाई जनताले साथ दिनु पर्ने बताए । जनताले साथ दिए मात्रै याे अभियानले सफलता दिने भन्दै यसमा साथ दिनु पर्ने बताए ।
पार्टीका वडाध्यक्ष बिरबहादुर बिककाे आयाेजनामा भएकाे कार्यक्रममा पाटीका पालिका संयाेजक हिरा सुनारलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमकाे सहजीकरण देवराज मल्लले गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस