काठमाण्डौ, ३ असोज । सिन्धुलीको दुधौली नगरपालिकाले कानुन विपरीत विद्यालय बन्द नगर्न शिक्षकहरूलाई चेतावनी दिएको छ ।
शिक्षकहरू आन्दोलनमा सहभागी हुन विद्यालय बन्द गर्ने सूचनाका सन्दर्भमा विज्ञप्ति निकाल्दै नगरपालिकाले कानुन विपरीत विद्यालयमा नियमित पठनपाठन नगरेको पाइएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । नगरपालिकाले निकालेको विज्ञप्तिमा आफ्ना माग कानुन बमोजिम सम्बन्धित निकायमा राख्न पाउने अधिकार भए पनि आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन गर्न नहुने उल्लेख छ ।
नगरपालिकाका प्रवक्ता दीपक खड्काले निकाल्नुभएको विज्ञप्तिमा शिक्षा मन्त्रालयले बोलाएको वार्तामा समेत सहभागी नभई आन्दोलनका कार्यक्रम घोषणा गरेको पाइएको भन्दै विद्यालय बन्द नगरि नियमित पठनपाठन गराउन भनिएको छ ।
प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार