२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

तरुण दल तुलसीपुर द्वारा कार्यसमिति बिस्तार

दाङ,२३ असोज । नेपाल तरुण दल तुलसीपुर नगरकार्यसमितिले एक कार्यक्रमका बिच कार्यसमिति बिस्तार गरको छ ।

मंगलबार तुलसीपुरको पार्टिकार्यालयमा एक कार्यक्रमका बिच अध्यक्ष कमल घर्तिले समिति बिस्तार गर्नुभएको हो । क्षेत्रिय सभापति जगत बहादुर खडकाको प्रमुख आतिथ्यतामा भएको समिति बिस्तार कार्यक्रममा बोल्दै नेपालि काग्रेसका नगर सभापति सुरेश हमालले आधिकारिकताका बारेमा केन्द्र र जिल्ला कार्यसमितिको आधिकारिक पत्र कमल घर्तिले प्राप्त गरिसकेको भन्दै यो बिषयमा धेरै बहस र छलफल आबश्यक नरहेको प्रष्ट पार्नु भयो ।
हमालले तरुण युवाहरुलाई अनुसासित र सहयोगी भएर पार्टिको निर्दशन अनुसार काम गर्न अपिल गर्नु भएको थियो । सो अबसरमा प्रदेश ३ (क )का सभापति देबेन्द्र रिजाल जनप्रतिनिध,प्रदेश सदस्य,जिल्ला सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम तरुणदलका तुलसीपुरका अध्यक्ष कमल घर्तिको अध्यक्षतामा भएको थियो । पछिल्लो समय तरुणदल दाङ र नेपाली काग्रेस पार्टिबिच तरुणदलको बिषयलाई लिएर बिबाद चुलिएको छ ।

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस